काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले पदमा पुनः बहालीको माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ जारी छ ।
ढकालले आफू नै वैध महामन्त्री भएको र सोही हैसियतमा काम गर्न पाउनुपर्ने दाबी गरेका छन् ।
यसअघि सर्वोच्चले विवादसम्बन्धी सबै कागजात झिकाउने आदेश दिइसकेको छ भने अन्तरिम आदेशबारे अझै निर्णय भएको छैन ।
रास्वपाका संस्थापक महामन्त्री तथा प्रवक्ता रहेका ढकाललाई २०८१ असार २६ मा पार्टीहितविपरीत गतिविधि गरेको आरोपमा पदबाट हटाइएको थियो ।
उनले यसबारे रविको क्लबबाट निकालिएको टिप्पणी गरेका थिए ।