बाजुराको हिमाली गाउँपालिका–५ क्युडीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
वडाध्यक्ष प्रदीप बुढथापाका अनुसार जिपमा सवार २६ जनामध्ये दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन्।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र घाइतेहरूको उद्धार तथा उपचारको कार्य भइरहेको वडाध्यक्ष बुढथापाले जानकारी दिएका छन्।