विराटनगर, २०७९ असार - २७

भारतमा फेरि तीव्र रूपमा फैलिन थालेको कोरोना भाइरस कोशी प्रदेशमा पनि देखिन थालेपछि सतर्कता अपनाइएको छ । मोरङको विराटनगर महानगरपालिकाले २०७९ असार २५ गते ९बुधवार० देखि खोप अभियान सुरु गरेको छ ।

केही दिन अघि महानगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै महानगरले १९ वटै वडाका स्वास्थ्य चौकीहरूमा खोप उपलब्ध गराएको हो ।

महानगर स्वास्थ्य महाशाखा प्रमुख डा। दिलीप यादवका अनुसार कमजोर स्वास्थ्य भएका र ज्येष्ठ नागरिकहरूलाई खोप अनिवार्य रूपमा आवश्यक भएकाले अभियान सुरु गरिएको हो ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार असार महिनामा मोरङ र इलामका दुई महिलाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो तथ्यांकअनुसार प्रदेशमा हालसम्म २१ जनामा कोरोना पुष्टि भएको छ । ११ जना उपचारपछि निको भएका छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयले संक्रमण फैलिन नदिन होम आइसोलेसन, परीक्षण र खोप अभियानलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

स्वास्थ्य विज्ञहरूले अझै पनि सतर्क रहन, मास्क प्रयोग गर्न, भिडभाडमा नगइ खोप लगाउन आग्रह गरेका छन् ।

नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठले कोरोना अझै सकिएको छैन भन्दै सरकार र जनतालाई सावधानी अपनाउन सुझाव दिएका छन् ।