मोरङ  ।   मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ ।

इलाका प्रहरी कार्यालय रंगेली, गडेरीया नोचा प्रहरी चौकी, अमाहीबरीयाती प्रहरी चौकी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बुधबार राति ८०२ किलो गाँजा फेला पारेको हो । गाजा २६ वटा बोरामा प्याक गरेर उखु घारीभित्र लुकाइएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र रूपमा भइरहेको छ ।