एजेन्सी— एयर इन्डियाको अहमदाबाद–लन्डन उडान (AI-171) दुर्घटनाका पीडितहरूले दुर्घटनाको कारण यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन्। उनीहरूले विमान कम्पनीको लापरवाहीप्रति आक्रोश व्यक्त गर्दै जिम्मेवार खोज्न सरकारलाई दबाब दिएका छन्।
दुर्घटनामा २४१ यात्रु र ३८ स्थानीय बासिन्दा गरी २७९ जनाको मृत्यु भएको छ। एक मात्र जीवित व्यक्ति भारतीय मूलका बेलायती नागरिक विश्वकुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ।
भारत सरकारले गठित उच्चस्तरीय समिति र अन्तर्राष्ट्रिय विशेषज्ञहरूको सहयोगमा दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको छ। ब्ल्याक बक्स फेला परेको छ र त्यसको डेटा विश्लेषण भइरहेको छ।
पीडित परिवारहरूले डीएनए पहिचान र मृत्यु प्रमाणपत्र प्रक्रिया चाँडो गरिनु पर्ने माग गरेका छन्।