काठमाडौं— इजरायलको आक्रमणमा परी इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कोर (आईआरजीसी) को इन्टेलिजेन्स युनिट प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ ।

इरानको सरकारी मिडियाले यसको पुष्टि गरेको हो । तस्मिन न्युज एजेन्सी तथा इरानको सरकारी टेलिभिजनले काजेमीका अलावा उनका डेपुटी हसन मोहकेक तथा कमान्डर मोहसिन बाकेरीको पनि उक्त आक्रमणमा परी मृत्यु भएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबारदेखि भएकी इजरायली आक्रमणमा हालसम्म २२४ जनाको मृत्यु भएको छ ।

उता इरानले पनि इजरायलमाथि पुनः मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा परी १० जनाभन्दा बढीको मृत्यु भएको इजरायलले जनाएको छ ।