काठमाडौं— एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरिएको छ। मिडिया रिपोर्टका अनुसार, बमको धम्की पाएपछि उडानको आपतकालीन अवतरण गरिएको थियो।

रिपोर्टका अनुसार, उडान नम्बर AI-379 थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै थियो। विमानमा १५६ यात्रु सवार थिए। यात्रुहरूलाई विमानबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ।

थाइल्याण्ड विमानस्थलका अधिकारीहरूले भने कि फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमानले शुक्रबार बमको धम्की पाएको थियो। फ्लाइट ट्र्याकर फ्लाइटराडार २४ का अनुसार, विमान शुक्रबार बिहान ९:३० बजे फुकेट विमानस्थलबाट भारतको राजधानी दिल्लीको लागि उडान भरेको थियो। दिउँसो १२:४० बजे दिल्लीमा अवतरण गर्नुपर्ने थियो।

तर, अण्डमान सागरको वरिपरि घुमेपछि, विमान बिहान ११:४० बजे फुकेट अन्तर्राष्ट्रिय विमानस्थलमा फिर्ता अवतरण भयो। विमानको आपतकालीन अवतरण पछि, अधिकारीहरूले सम्पूर्ण विमान खाली गरे र अनुसन्धान सुरु गरे।

बिहीबार मात्रै अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान उडान भर्ने बित्तिकै भयानक दुर्घटनामा परेको थियो । विमान डाक्टरहरूको होस्टेल र नर्सिङ स्टाफको आवासीय परिसरमा ठोक्किएको थियो ।

दुर्घटनामा कुल २६६ जनाको मृत्यु भएको थियो । विमानबाट हाम फालेर एक जना मात्र बाँचेका थिए ।

विमानमा सवार गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपानीको पनि मृत्यु भयो। यो १९९६ पछि देशमा भएको दोस्रो ठूलो विमान दुर्घटना हो।