काठमाडौं— बुधबार मात्रै जेलमुक्त भएका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ। शुक्रबार बिहान ७ बजे उनलाई मस्तिष्कघात भएको बताइएको छ । त्यसलगत्तै परिवारका सदस्यले उनलाई काठमाडौंको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा पुर्‍याएको हो ।

उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।