काठमाडौं— वैदेशिक रोजगारीको लागि कुवेत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ घर भई काठमाडौं वडा नं.३२ बस्ने २७ वर्षीय अशोक कुमार साहु रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आर्चार्यले जानकारी दिए ।

शाहुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि कुवेत लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाए सम्पर्क विहीन भएका थिए । उनले पीडितबाट विगो रकम चार लाख लगेको पीडितले दिएको जाहेरीका आधारमा खोजी गर्ने क्रममा काठमाडौं वडा नं. ३२ बाट शाहुलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकले जनाएको छ । 

थप अनुसन्धानका लागि वैदेशिक रोजगार ताहाचाल काठमाडौं पठाएको छ ।