धनकुटा— धनकुटाको धनकुटा नगरपालिका-८ शिवबेशी का ६८ वर्षीय मंगल सिंह राईको करेन्ट लागेर मृत्यु भएको छ । जेष्ठ १ गते आफ्नै  खेत बारीमा धान गोडिरहेको आवस्थामा बिद्युतको पोलबाट आचानक तार चुडिएर भुईमा झर्दा राईलाई  करेन्ट लागी उनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।