उदयपुर— उदयपुरको बेलका नगरपालिका—८ कोठु स्थित सप्तकोशी नदीको पुलबाट हाम्फालेर १ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका—१ का ५२ वर्षीय मकर जंग राईले सप्तकोशी नदीको पुलबाट हाम फालेर मृत्यु भएको हो ।
हाम्फालेको भनि अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी हुनासाथ तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकाली उपचारको लागी धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।