काठमाडौं— चर्को गर्मीमा चिसो पानी पिउन कसलाई पो मन नलाग्ला ? आधुनिक समयसंगै हरेक मान्छेका घर–घरमा फ्रिज राखेको चिसो पानीको प्यास मेटाउन नै होला । तर, फ्रिजको पानीभन्दा कयौं गुणा लाभदायक हुन्छ, माटाको भाँडामा राखेको पानी ।

फ्रिजको चलनचल्ती व्यापक बन्दा माटाको भाँडा घरमा राख्‍ने क्रेज समाप्त भएको छैन। माटाको भाँडाले पानीलाई प्राकृतिक रूपमा ठण्डा राख्छ र त्यो स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ।

पूर्वीय सभ्यतामा उच्च स्थानमा रहेको आयुर्वेदले पनि माटाको भाँडामा राखिएको पानी पिउन सल्लाह दिएको छ। खासगरी, हालको दक्षिण एसियामा शताब्दीयौंदेखि माटाको भाँडामा राखेको पानी पिउने प्रचलन छ। आयुर्वेदले मात्र होइन, आधुनिक विज्ञानले पनि माटाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि लाभदायक भएको बताएको छ।

‘जर्नल अफ इजिप्सियन पब्लिक हेल्थ एसोसिएसन’मा प्रकाशित एक अध्ययनअनुसार माटाको भाँडामा राखिएको पानी प्लास्टिकको बोतलको तुलनामा सयौं गुणा स्वच्छ हुन्छ। ‘इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च’ र ‘नेसनल इन्स्टिच्युट अफ न्युट्रिसन’ले पनि माटोका भाँडाको प्रयोग स्वास्थ्यका लागि सुरक्षित र लाभदायक भएको बताएका छन्।

माटाको भाँडाको पानीका फाइदा

– हाइड्रेसन बढाउँछ

– हिटस्ट्रोकबाट बचाउँछ

– पाचन प्रक्रियामा सुधार ल्याउँछ

– शरीरलाई डिटक्स राख्छ

– शरीरको तापक्रम सन्तुलित बनाउँछ

– छालाको स्वास्थ्यका लागि लाभदायक हुन्छ

– प्लास्टिकको टक्सिन्सबाट टाढा राख्छ

– माटोका भाँडा प्रयोग गर्दा ध्यान दिऊँ

– माटोका भाँडालाई नियमित रूपमा राम्ररी धोऊँ ता कि ब्याक्टेरिया हुर्किन नपाउन्

– माटाको भाँडालाई सफा, ठण्डा ठाउँ र घाम नपुग्‍ने छायामा राखौं

– दैनिक ताजा पानीबाट ती भाँडा धोऊँ र बासी पानी बदलौं

– माटाको भाँडाबाट पानी निकाल्दा हात सफा हुनु जरुरी छ

– माटाको भाँडा सफा गर्न स्क्रब या साबुनको प्रयोग नगरौं

– समय(समयमा घाममा सुकाउने गरौं

– माटाको भाँडालाई सधैं सफा ढक्कनले छोपौं

– सीधा जमिनमा होइन, कुनै स्ट्यान्डमा राखौं

– फ्रिजबाट निकालेर माटाको भाँडोमा पानी नराखौं

– कुनै घरपालुवा जनावरले नभेट्ने ठाउँमा राखौं ।