विराटनगर— ओखलढुंगाको खिजिदेम्वामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको खिजिदेम्वा–८ स्थतिमा बिद्युत लाईन विस्तारको क्रममा करेन्ट लागेर मेत्यु भएको हो ।
सिग्माकोण प्रा.लि. काठमाण्डौका कर्मचारी कैलालीका ३० बर्षीय बिन्दु चौधरीलाई ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटिगई थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै तेह्रथुमको आठराईमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका–३ स्थितमा लिम्बु जातिको मन्दिर बनाउने क्रममा हावा हुरी र पानी संगै परेको चट्याङले परेर घाईते भएका स्थानिय ४५ बर्षीय सागर थिङ्लापुको उपचारको क्रममा जिल्ला अस्पाताल पाँचथरमा मृत्यु भएको हो ।