काठमाडौं— जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको मृत्यु भएको छ। थुनुवाको आइतबार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन्।
ठगी मुद्दामा थुनामा रहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार बिहान ४ बजे तामाङको ज्यान गएकोजेलर ढुंगेलले बताए।