काठमाडौं— दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो ३ बजे चट्याङ लागेर घाइते भएका नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

चट्याङ लागेर घाइते भएकी श्रीमती छोरी र तीन वर्षका छोराको हाल दैलेख अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।