काठमाडौं—  भारतको गोवा शिरगाउँस्थित लइराई देवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ। अन्य ८० जना घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार राति लइराई जात्राका क्रममा भागदौड मच्चिएको हो। घाइतेहरूलाई गोवा मेडिकल कलेज र मापुसाको उत्तरी गोवा जिल्ला अस्पतालमा भर्ना गरिएको छ।

मन्दिर महोत्सवमा भाग लिन गोवा, महाराष्ट्र र कर्नाटकबाट हजारौँ भक्तजन मन्दिर पुगेका थिए। अधिकारीहरूले भागदौडको कारण अनुसन्धानपछि मात्र थाहा हुने पनि बताएका छन्।