काठमाडौं— लामो समयदेखि विभिन्न माग राखेर शिक्षकहरु सडकमा रहेकै बेला चिकित्सकहरुले पनि आन्दोलनको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले शुक्रबार (वैशाख १२ गते) सम्पूर्ण निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

बिहीबार विज्ञप्ति प्रकाशित गरी चिकित्सक संघले आकस्मिक तथा सघन उपचार सेवा जस्ता अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरूमा सहभागी नहुन चिकित्सकहरुलाई आह्वान गरेको छ ।

OM Sai Pathibhara Hospital


निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरूको अटेरीविरुद्ध पोस्ट ग्राजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन्। चिकित्सा शिक्षा आयोगले तय गरेको आठौं तह (४८ हजार रुपैयाँ मासिक) को भत्ता दिनुपर्ने उनीहरूले माग राखेका छन्।