काठमाडौं— आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि आक्रमण भएको छ । बुधवार राति उनकै सहकर्मीले काँडाघारीमा वाइबालाई रेन्चु प्रहार गरेकी हुन् ।
राम मन्दिर नजिकै पहेँलो पुलमा रेन्चु प्रहारबाट वाइबा सामान्य घाइते भएकी हुन् । वाइवाकी सहकर्मी शर्मिला श्रेष्ठ राईले उनलाई रेन्चुले प्रहार गरेकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

वाइबा हाल बौद्ध स्थित स्तुपा अस्पतालमा चिकित्सकहरूको अव्जरभेसनमा छिन् । उनीहरू पहिले सँगै बस्ने गरेको पाइएको छ । लेनदेनको विषयमा विवाद हुँदा रेन्चुले प्रहार गरेर श्रेष्ठ भने फरार भएकी थिइन् ।