काठमाडौं— कर्तव्य ज्यान कसुरका फरार एक व्यक्ति ३१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको चौंरीदेउराली गाउँपालिका—२ का ५७ वर्षीय दानबहादुर प्रधान रहेका छन् ।
प्रहरीका अनुसार दानबहादुरले १६ वैशाख २०५० मा सोही ठाउँ बस्ने उत्तरबहादुर प्रधानलाई छुरा प्रहार गरेका थिए ।

त्यसपछि फरार रहेको उनी ३१ चैतमा काभ्रेको धुलिखेल नगरपालिका(७ बाट पक्राउ परेका हुन् ।
कर्तव्य ज्यान कसुरमा दानबहादुरलाई २६ माघ २०७६ मा जिल्ला अदालत काभ्रेपलाञ्चोकले जन्मकैदको फैसला सुनाएको थियो ।