काठमाडौं— पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ दरदराका २८ वर्षीय अबिर थिङ रहेका मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मनहरी ५ वसन्तपुरस्थित राप्तीखोलाको किनारमा आफन्तको घर मनहरी ५ डिल्लीपुरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ लागेर थिङको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

चट्याङ लागेर थिङ तत्कालै मृत्यु भएको प्रवक्ता अर्यालले बताए । उनका अनुसार थिङको साथमा रहेका उनका बुबा ५६ वर्षीय सिंहबहादुर थिङ र हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले भने घाइते भएका छन् ।