काठमाडौं— गत चैत १५ गते काठमाडौंको तीनकुने प्रदर्शनमा निजी तथा सार्वजनिक सम्पतिमा तोडफोड र आगजनी लगायतका कार्यमा संलग्न थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ३१ वर्षीय शिशिर जिसी, कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६१ वर्षीय डण्डपाणी रेग्मी र सर्लाहीको मिर्चैया नगरपालिका–६ का ४६ वर्षीय मनोज कुमार सापकोटा रहेका छन् ।

OM Sai Pathibhara Hospital

उनीहरूमाथि अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।