काठमाडौं— कान्ति बाल अस्पतालमा बालबालिकाका निम्ति पेडियाट्रिक हेमोडायलायसिस सेवा सुरु भएको छ । बिहीबारदेखि अस्पतालले सेवा प्रवाह सुरु गरेको हो । 

अस्पतालमा दुईवटा मेसिनसहित आकस्मिक उपचार गर्नेगरी सेवा सुचारु गरिएको अस्पताल निर्देशक डा. पंकज रायले जानकारी दिए । हाललाई आवश्यकताका आधारमा दैनिक डायलायसिस सेवा चलाइने उनले बताए  ।

OM Sai Pathibhara Hospital

यसअघि आकस्मिक हेमोडायलायसिस आवश्यक पर्ने बालबालिकालाई अन्यत्र पठाउनुपरेका घटना पटकपटक भएपछि स्वास्थ्य सेवा विभागले अस्पताललाई दुईवटा मेसिन उपलब्ध गराएको हो । यो सेवा १५ वर्षसम्मका बालबालिकाले पाउनेछन् ।