काठमाडौं— अछामको बान्निगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा भीषण आगलागी भएको छ ।
साँझ करिब ७ः२० बजेपछि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भीषण आगलागीबाट अहिलेसम्म १० वटा पसल जलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको छ । तर, दमकलबाट आगो निभाउन अझै समस्या भइरहेको प्रहरीले जनाएको छ ।

मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भएको हो ।आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास गरिरहेपनि प्रयास भइरहेको छ। नौ घर जलेर नष्ट भएको छ भने अझ क्षति हुने खतरा छ । आगलागी नियन्त्रणका लागि सदरमुकाम मंगलसेन नगरपालिकाको दमकल गएको बताइएको छ ।
आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी नियन्त्रणमा समस्या भइरहेको बताइएको छ ।