काठमाडौं— पाँचथरमा बालिका जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–४ का २६ वर्षीय दोर्ण रसाइली छन् ।
उनले १६ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोप छ । शनिबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
फिदिम नगरपालिका–२, रमितेडाँडास्थित रमिते होटेलको कोठामा बिहीबार बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।