काठमाडौं— सुनसरीको दुहबी नगरपालिका-७ फर्साइ छिटाहा भित्री सडक खण्डमा ट्याक्टर हुँदा एक जनाको मृत्यु । मृत्यु हुनेमा सोही नगरपालिकाकी ६० वर्षीया देउ कुमारी खाँ रहेकी छिन् । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चैत्र ०८ गते दिउँसो ट्रयाक्टर अनियन्त्रित भई पल्टि दुर्घटना हुँदा ट्रयाक्टरमा सवार देउ कुमारी खाँ घाइते भएकी उनलाई तत्काल उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक ५५ बर्षीय शिवनाथ खाँ थारुलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।