काठमाडौं— धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन् । सोही बस दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । 

जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको दुर्घटना भएको हो । 

OM Sai Pathibhara Hospital

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।‘सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् । ६ वटा एम्बुलेन्समा बिरामी उपचारका लागि अस्पतालहरुमा लगिएको छ’ उनले भने ।

बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु थिए ।