काठमाडौं— सुर्खेतमा गाडीबाट हाम फाल्दा चोट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन्।
फोर्स गाडीको ढोकाबाट हाम फाल्दा घाइते भएका उनी अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका हुन् ।

गएराति ११ बजेतिर वीरेन्द्रनगर नगरपालिका–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट उनले हाम फालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।