साउदी अरब । युक्रेन र अमेरिकाका अधिकारी मंगलबार साउदी अरबमा वार्ता गर्दैछन् । यो वार्ताले रुस–युक्रेनबीच युद्धविरामको बाटो खोल्न सक्छ । यो भेटघाटका लागि साउदी अरब नै उनीहरुले किन रोजे त ?
साऊदी अरबका राजा प्रिन्स मोहम्मद बिन सलमानको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमीर पुटिन दुवैसँगको राम्रो सम्बन्धको यसमा अहम भूमिका छ ।

साउदी अरबले ऊ रुस र युक्रेनको युद्धमा मध्यस्थकर्ताका रुपमा सक्रिय भूमिका निभाउने बताइसकेको छ ।
साउदी अरबको छिमेकी कतार पनि पछिल्लो दुई दशकको समयमा विश्वभर मध्यस्थता गर्ने देशका रुपमा चिनिँदै आएको छ ।
इजरायल र हमासबीच गाजामा युद्धविराम गराउन पनि उनीहरुको भूमिका महत्वपूर्ण छ । यसअघि पनि कतारले कैयौं शान्ति सम्झौता गराइसकेको छ ।
अन्ततः साउदी अरब र कतारलाई नै अन्तर्राष्ट्रिय शान्ति सम्झौताका लागि किन छानिन्छ र के यसकारण दुवैबीच शत्रुता पनि कायम भएको छ ?
साउदी अरबको भूमिका
साउदी अरबले यमनको गृहयुद्धमा हुती विद्रोहीहरुमाथि हवाई आक्रमण र गोलाबारी गर्दै हस्तक्षेप गरेको थियो ।
दशकौंसम्म आफ्नो आक्रामक शैलीलाई जारी राखेपछि साउदी अरबले अब शान्ति सम्झौता गराउने भूमिका अपनाएको छ ।
सन् २०१५ मा साउदी अरबले यमनको गृहयुद्धमा त्यहाँको सरकारलाई साथ दिएको थियो । सरकारविरुद्ध लडिरहेको हुती विद्रोहीमाथि उसले हवाई आक्रमण र गोलाबारी गरेको थियो ।
सन् २०१७ मा लेबनान सरकारले साउदी अरबमाथि आफ्नो प्रधानमन्त्री सैयद अल–हरीरीलाई हिरासतमा राखेको आरोप लगाएको थियो । लेबनानले साउदी अरबले आफ्नो प्रधानमन्त्रीमाथि मुद्धा लगाएर उसलाई राजीनामा गराउन बाध्य बनाउने प्रयास गरिरहेको दाबी गरेको थियो ।
सन् २०१८ मा साउदी सरकारका प्रमुख आलोचक पत्रकार जमाल खसोज्जीलाई इस्ताबुलमा साउदी अरबको दुतावासमा हत्या गरिएको थियो ।
वासिङ्टनस्थित मिडिल इस्ट इन्स्टीच्यूटका पल सलेम भन्छन्, ‘सुरुमा मोहम्मद बिन सलमानको नेतृत्व शैलीले टकराव पैदा गर्यो । यद्यपि अब साउदी अरबको नेतृत्वले महशुस गरेको छ कि ऊ टकराव बढाउनको तुलनामा शान्तिका लागि मध्यस्थता गरेर ठूलो भूमिका निभाउन सक्छ ।’
मध्यपूर्वको मामलाका विज्ञ र अमेरिकी थिंक ट्यांक वासिङ्टन इन्स्टीच्यूटसँग जोडिएकी एलिजावेथ डेन्ट भन्छिन्, ‘साउदी अरबको उद्देश्य मध्यपूर्वमा स्थिरतालाई बढावा दिनु हो । यहीकारण हो कि उसले शान्ति सम्झौतामा मध्यस्थता गरिरहेको छ ।’
डेन्ट अगाडि भन्छिन्, ‘वास्तवमा यो उसको सोचेर सम्झेर बनेको रणनीतिक हिस्सा हो । साउदी अरब अब तेल निर्यातमा आफ्नो निर्भरता अन्त्य गर्न चाहन्छ । ऊ आर्थिकको नयाँ क्षेत्र विकसित होस् भन्ने चाहन्छ । यसकारण ऊ विदेशी लगानीकर्तालाई आकर्षित गर्न चाहन्छ । मध्यस्थताको भूमिका निभाउनेको पछाडिको रणनीति यही हो ।’
सम्झौता गराउनमा साउदी अरबलाई कति सफलता ?
सायदी अरबले पछिल्ला कैयौं दशकदेखि शान्ति सम्झौता गराइरहेको छ ।
सन् १९८९मा उसले लेबनानमा लडिरहेका संगठनबीच सम्झौता गराएको थियो । यो मध्यस्थताले ताएफ सम्झौताको बाटो निश्चित गरेको थियो, जसकारणले त्यहाँ सन् १९९० मा १५ वर्षको पुरानो गृहयुद्ध समाप्त भएको थियो ।
सन् २००७ मा साउदी अरबले मक्का सम्झौता गरेको थियो । यो सम्झौताले हमास र फतहको दुश्मनी अन्त्य गरेको थियो ।
अब एकपटक पुनः प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरबले मध्यस्थताको भूमिका अपनाएको छ । साउदी अरब सन् २०२२ देखि नै यमनमा शान्ति कायम गर्ने कोशिस गरिरहेको छ ।
साउदी अरब हुती विद्रोहीसँग कैयौंपटक कुराकानी गरिसकेको छ, ताकि त्यो गृहयुद्ध अन्त्य हुन सकोस् ।
सुडानको सेना र विद्रोही गुट रेपिड सपोर्ट फोर्सेजको बीचको झगडा अन्त्य गर्नका लागि साउदी अरबले दुवै पक्षका साथ कैयौंपटक कुराकानी गरिसकेको छ ।
साउदी अरबको मध्यस्थतामा नै सन् २०२२ मा रुस र युक्रेनबीच २५० बढी युद्धबन्दीलाई आदानप्रदानको सम्झौता भएको थियो ।
शान्ति सम्झौतामा कतारको भूमिका
यो वर्ष जनवरीमा इजरायल र हमासबीच जुन युद्धविराम भएको थियो, त्यसमा मिश्र र अमेरिकासँगै कतारको भूमिका पनि अहम थियो ।
सन् २०२० मा कतारले तालिबान र अमेरिकाबीच सम्झौतामा अहम भूमिका निभाएको थियो ।
यो सम्झौतापछि नै अमेरिका र तालिबानबीचको १८ वर्षे पुरानो द्वन्द्व अन्त्य भएको थियो ।
यसपछि अमेरिकाले आफ्नो सैनिक फिर्ता बोलाएको थियो र अफगानिस्तानमा तालिबानले कब्जा गरेको थियो ।
सन् २०१० मा यसले यमनको हुती विद्रोहीहरु र यमन सरकारबीच सम्झौता गराएको थियो । यद्यपि यो सम्झौता पछि भंग भयो ।
कतारले अफ्रिकामा पनि कैयौं शान्ति सम्झौता गरायो ।
सन् २०२२ मा उसले चाडको सरकार र कैयौं विपक्षी गुटबीच सम्झौता गराएको थियो ।
सन् २०१० मा कतारले सुडान सरकार र दारफुरमा सक्रिय हतियारवादी गुटका बीच शान्ति सम्झौता गराएको थियो ।
सन् २००८ मा कतारले लेबनानमा लडिरहेका विद्रोही गुटबीच सम्झौता गराएको थियो । यो सम्झौता यस्तो समयमा भएको थियो, जुन समयमा देश गृहयुद्धको संघारमा थियो ।
कतार शान्ति सम्झौता किन गर्न चाहन्छ ?
सन् १९९५ मा हमाद बिन खलिफा अल–थानी कतारको शासक बने । योसँगै कतारले शान्ति सम्झौतामा अहम भूमिका निभाउन सुरु गर्यो । अल–थानी सन् २०१३सम्म सत्तामा रहे ।
मध्यस्थताको भूमिका निभाउनुको पछाडि कतारको एक प्रमुख उद्देश्य थियो ।
कतारको खाडीमा ठूलो ग्यास रिजर्भ छ । यसलाई नर्थ होम र साउथ पार्स फिल्ड भनिन्छ । यसको खोज सन् १९९० मा भएको थियो ।
लण्डनमा रोयल यूनाइटेड सर्भिसेज इन्स्टीच्यूटका डा. एचए हेलेय भन्छन् कि यो ग्यास रिजर्भ कतार र इरान दुवैको जल क्षेत्रमा फैलिएको छ । यसकारण इरानलाई सहयोग गर्नु कतारको बाध्यता थियो ।
वास्तविकता यो पनि हो कि त्यो समयमा इरानको साउदी अरबसँग दुश्मनी थियो ।
डा. हेलेयर भन्छन् कि जब कतारले आफ्नो ग्यास फिल्ड खोज्यो, त्यो बेला उसलाई यसको दोहनका लागि आफ्नो बाटो खोज्नुपर्छ । त्यसकारण उसले मध्यस्थताको बाटो रोज्यो ।
‘कतारलाई लाग्यो कि यदी ऊ अलग–अलग देशबीच शान्ति सम्झौता गराउँछ भने ऊसले कैयौं देशमा आफ्नो नेटवर्कलाई वृहत बनाउन सक्छ । यसले ऊप्रति अरुको समर्थन पाउनसक्छ,’डा. हेलेयर भन्छन् ।
कतारले सन् २००४ मा जुन संविधान अपनायो, त्यसमा मध्यस्थताको भूमिका निहित छ ।
मध्यस्थकर्ता देशको रुपमा साउदी अरब र कतारबीच भिन्नता
कतारलाई कैयौं देश यसकारण मध्यस्थताका लागि रोज्छन् किनकी ऊ ती संगठनसँग पनि सम्बन्ध राख्छ, जोसँग साउदी अरब र अरब विश्वको अर्को देशको कुरा गर्न चाहँदैन ।
डा. सलेम भन्छन्, ‘साउदी अरब हमास, मुस्लिम ब्रदरहुड र हमास जस्ता इस्लामी समूहविरुद्ध छ । तर कतार उनीहरुप्रति त्यस्तो दुश्मनी भाव राख्दैन ।’
उनी भन्छन् कि तालिबानसँग आफ्नो सम्बन्धकै कारण कतार तालिबान र अमेरिकाबीच पुल बनेको छ । कतारले हमास र इजरायल, दुवैका साथ आफ्नो सम्बन्ध राखेको छ । यहीकारण हो कि युद्धविराम गराउन उसको भूमिका अहम छ ।
–बीबीसीबाट