तनहुँ— तनहुँको भीमाद नगरपालिका वडा नम्बर—२ धरमपानीबाट बेपत्ता भएका ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए ।

सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरेका थिए । भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत भेटिएका हुन् ।

OM Sai Pathibhara Hospital

उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ । महेश हाल कावासोती नगरपालिका वडानम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतवन्धमा धरमपानी पुगेका थिए ।

महेश, ठूली छोरी र आफू कावासोती बस्दै आएका थिए भने सानी छोरी र श्रीमती लमजुङ बस्दै आएका छन् । महेशकी श्रीमती स्वास्थ्यकर्मी हुन् ।