काठमाडौं— मकवानपुरमा डम्पिङ साइटमा नवजात शिशुको शव भेटिएको छ। मनहरी गाउँपालिका—७ मा रहेको डम्पिङ साइटमा मंगलबार सालनालसहितको नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नवजात शिशुको शव जेब्रा झोलाभित्र कपडाले बेरिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक विशाल सापकोटाले जानकार दिए । रक्ताम्य अवस्थामा फेला परेको शिशुको शव पोस्ट मर्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले बताए।

नवजात शिशुलाई कसले त्यसरी फाल्यो भन्ने अनुसन्धान भइरहेको इन्स्पेक्टर सापकोटाले बताए। त्यसका लागि स्थानीयहरू र अस्पतालहरूमा सोधपुछ भइरहेको उनले जानकारी दिए।