पर्वत— बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ सोही दुर्घटनामा ६ जना घाइते भएका छन् ।
गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा पर्वत बिहादी गाउँपालिका—३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका—५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए ।
उनका अनुसार घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ। उक्त जीपमा सवार एकजना बालकको अवस्था भने सामान्य छ । २ जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए ।