बेइजिङ(एजेन्सी) । चीनमा विकास भएको रोबोटहरूले मानिसको दैनिक जीवन र उत्पादनमा सहयोगीको भूमिका निर्वाह गरिरहेका छन् ।
पूर्वी चीनको शानडोङ प्रान्तका रोबोटिक्सले दैनिक मान्छेहरुले गर्ने काम नै गरिरहेकाले मानिसहरुको दैनिकीमा परिवर्तन आइरहेको छ ।

एयूबीओ रोबोटिक्सहरुले कारका पार्टहरु जोड्ने, कफी बनाउनेलगायत मान्छे दैनिक कामहरु गरिरहेका छन् ।
त्यस्तै ह्युमनोइड रोबोटहरु लामो समयदेखि इन्जिनियर, वैज्ञानिकका साथै आमममनिसका लागि समेत ध्यानाकर्षणको विषय बन्दै आएका छन् ।