नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा राखिएको सिसी कला प्रदर्शनीमा स्वदेशी तथा विदेशी कलाप्रेमीले रुचाएका छन्।

सिसाका बोतलभित्र विभिन्न कलात्मक चित्रप्रति विदेशीहरुले विशेष चासो दिएका थिए । सिसी कला न्यूनतम पाँचसयदेखि ५० हजार रुपैंयाँसम्म बिक्री हुने गरेको कलाकार विभूषण ताम्राकारले बताए ।
खेर गएका वस्तुहरूलाई सुन्दर रूप दिन सकिने उदाहरणका लागि सिसी कला सिर्जना गरिएको उनको भनाइ छ ।