काठमाडौं । पर्सा वीरगन्जका एक युवकसहित तीन जना लागू औषध गाँजा, चरेस र अफिमसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा प्रहरीले रोकेर चेकजाँच गर्दा
उक्त कारबाट लागू औषध बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु
अर्यालका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका २० वर्षीय
राजन राउत कुर्मीलाइ १०१ किलो गाँजासहित पक्राउ गरिएको छ ।
पक्राउ परेका मध्ये दुई जना भारतीय रहेको उनले जानकारी दिए । भारतको
हरियाणाका २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेको उनले बताए ।
थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डमा चरेस २१
किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिक पनि पक्राउ
गरेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । डिएल ८ सिएक्स १२२४ नम्बरको
कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक गर्दै लागूऔषध नियन्त्रण
सम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।