राजबिराज :युवतीलाई बलात्कारपछि हत्या गरेको र नाबालकलाई बेपत्ता पारेको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।
जिल्ला अदालतका न्यायाधीश दीपक धितालको एकल इजलासले वडाध्यक्ष साह सहित दुई जनालाई सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशपछि वडाध्यक्ष साह सहित शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि जेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




































