काठमाण्डू :काठमाण्डूको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन्।
गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।ओखलढुंगाको सुनकोशी गाउँपालिका-३ सिस्नेरीस्थित एक रूखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा देवकुमार थापा फेला परेका हुन्।
थापा नयाँ वर्षको अघिल्लो दिन खड्कासँग सोही होटलमा राति बसेका थिए। त्यसपछि खोजी गर्ने क्रममा थापा पनि मृत फेला परेका हुन्।
युवक केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । होटलमा मृत फेला परेकी खड्का पनि जापनिज भाषा अध्ययनरत रहेको आफन्तले प्रहरीसमक्ष बताएका छन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।