काठमाडौं - काठमाडौंमा चिसो बढेको छ । शनिबार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि शुक्रबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो । गत शुक्रबारयता काठमाडौंको न्यूनतम तापक्रम हल्का बढिरहेको छ । त्यसदिन ४ डिग्री सेल्सियस मापन भएको थियो ।

OM Sai Pathibhara Hospital

आज काठमाडौंको अधिकतम तापक्रम भने केही बढेर १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।