बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली मिङ्मा जी शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
उनले बिना अक्सिजन विश्वका ८ वटा हिमाल आरोहण गरेर कीर्तिमान राखेका हुन् । उनी बिना अक्सिजन ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्ने पहिलो नेपाली हुन् ।