एकेन्शी । अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले चलाएको कारको ठक्करबाट कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन् ।नयाँ वर्षको पहिलो दिन घटना भएको हो । मानिसहरूलाई लक्षित गर्दै कार चलाएका ती व्यक्तिले लगत्तै गोलीसमेत चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।






































