विराटनगर । मोरङको जहदामा एक युवतीलाई जर्बरजस्ती उठाएर बलात्कार गरिएको छ । जहदाकी २२ वर्षीया युवती हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेकी थिइन् । उनी मंगलबार बिहान मर्निङ्गवाकमा निस्केको उनकी बहिनीले बताएकी छिन् ।
उनी अचेत जस्तै भएपनि कोहि व्यक्ति नजिक देखेपछि अलिअलि इशारा गरेकी थिइन् । देख्ने व्यक्तिले घरपरिवारलाई भनेपछि प्रहरीलाई खबर गरेर कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको हो । उनलाई बाँस झ्याङ्गमा कसैले नदेख्ने स्थानमा लगेर हातखुट्टा बाँधेर मुखमा पट्टी लगाएपछि जर्बरजस्ती बलात्कार गरिएको दिदीले बताएकी छिन् ।
घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रकाशको टोलि पुगेको छ । आपराधिक घटनामा संलग्नको खोजतलास सुरु गरिएको प्रहरीले बताएको छ । पीडितले भने अनुसारको घटना भएको हो वा हैन यकिन गरेर संलग्नहरुको खोजतलास सुरु गरिएको छ ।
मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले घाईतेलाई कोशी अस्पतालमा पुगेर भेटेका छन् । उनले महिलालाई के कस्तो घटना भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भईसकेको जानकारी दिए ।