बॉके । भारतको उत्तर प्रदेशका ४२ वर्षीय सदाबुद्दिन हलवाईले बाँके नेपालगँजको एक इट्टाभट्टाबाट सुन निकालिदिने प्रलोभन देखाएर दुई करोड रुपैयाँ ठगी गर्नेलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।
उनले इट्टाभट्टाको जमिनमुनि सुन रहेको र निकालिदिने आश्वासन दिएर इट्टाभट्टाका मालिक नसिर अहमद बहेनासँग पटकपटक गरी दुई करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।