मोरङ  ।  विराटनगर बसपार्कमा मंगलबार साँझ सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–११ का ‘टोले गुण्डा’ भनेर चिनिएका रेमन कट्टेल रहेका छन् । 

उनले मंगलबार राति ९ बजेको समयमा बसपार्कमा विराटनगर–१२ का विजय कामतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खुकुरी प्रहारबाट कामग गम्भिर घाइते भएका छन् । उनको बाँयाँ हातको नाडीमा गहिरो चोट लागेको छ । अहिले विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार विराटनगर–११ जनपथ टोलका कट्टेलले आतंक मच्चाउँदै आएका छन् । उनी यसअघि पनि पक्राउ परेका थिए ।