एजेन्सी । संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयको कक्षाकोठामा १५ वर्षीया छात्राले गोली चलाएकी छन्।
विसकन्सिन प्रान्तको म्यडिसनस्थित एबन्डेन्ट लाइफ क्रिस्टियन स्कुलमा सोमबार बिहान कक्षा सुरू भएपछि १५ वर्षीया छात्राले अन्धाधुन्ध गोली चलाएका हुन्।
समाचार संस्था रोयटर्सका अनुसार गोली लागेर एक विद्यार्थी र शिक्षकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। छात्राले आफैमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको म्याडिसन प्रहरी प्रमुख शन बार्न्सले रोयटर्सलाई बताएका छन्।
गोली चलाउने छात्रा सामन्था भनेर चिनिने नटाली रूपनो रहेको पनि प्रहरी प्रमुख बार्न्सले बताएका छन्।