एजेन्सी ।   अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका सबै आप्रवासीलाई देश निकाला गर्ने समेत घोषणा गरेका छन्।

साथै ट्रम्पले कार्यकालको पहिलो दिनमै आप्रवासीबाट अमेरिकी भूमिका जन्मेका शिशुलाई प्रदान गरिने जन्मसिद्ध नागरिकताको प्रणालीलाई समेत समाप्त गर्ने योजना रहेको बताए।

OM Sai Pathibhara Hospital

अमेरिकी सरकारी निकायका अनुसार जनवरी २०२२ सम्म करिब एक करोड १० लाख आप्रवासी गैरकानुनी रुपमा प्रवेश गरेको तथ्यांक छ । यद्यपि अहिले यो संख्या बढेको बताइएको छ ।