बिराटनगर  ।   मोरङमा पछिल्लो करिव दुई सातामै पाँच महिला र दुई बुरुष बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेपता हुनेहरुमा बेलबारी नगरपालिका–६ सोमबारे टोल बस्ने ४१ बर्षकी भिक्मी सरदार,बुढीगंगा अमाही टोल बस्ने २० बर्षकी समिता कुमारी सरदार बेपत्ता भएकी छिन्।

यसैगरी, उर्लाबारी नगरपालिका २ बस्ने ३० बर्षकी धनमाया घतानी,लेटाङ् नगरपालिका – २ बस्ने २२ बर्षकी एन्जिना राई र धनपालथान गाउँपालिका – ४ कर्सिया बस्ने १५ बर्षकी चन्चल कुमारी शाह रौनियार बेपत्ता भएको जनाएको छ।

OM Sai Pathibhara Hospital

बेपत्ता हुने २ जना पुरुषहरुमा बिराटनगर महानगरपालिका–५ बस्ने ३० बर्षका नवराज कट्टेल र धनपालथान गाउँपालिका–६ बस्ने १८ बर्षका प्रेम कुमार राय बेपत्ता भएको मोरङ प्रहरीले सूचना निकालेर जानकारी दिएको छ।

 उनीहरु सबै जना घरमा कोहि कसैलाई पनि जानकारी नगराई बेपत्ता भएको भनेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरी नामावली सहित सूचना निकालेको हो। अहिलेसम्म उनीहरुको स्थिति के छ भेटिएको बारे प्रहरीले कुनै जानकारी दिएको छैन।

मोरङको विभिन्‍न खुला सीमावर्ती क्षेत्रबाट बिचौलियाहरुले विभिन्‍न प्रलोभन देखाई युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि पुर्‍याउने गरेको कारण पनि पछिल्लो समय बेपत्ता हुने क्रम बढेको बताईन्छ। गत बर्षहरुमा पनि नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्‍न रहेको पाईएको थियो।