काठमाण्डौ  ।   मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।

बयानका क्रममा दुर्गाले बिभिन्न ठाउँमा धम्क्याउन आफूले भारतीय गुण्डा नाइके लरेन्सलाई ५ लाख दिएको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी जनाएको छ ।

OM Sai Pathibhara Hospital

यही प्रकरणमा यसअघि सीआईबीको टोलीले २९ डिसेम्बरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको थियो । प्रसाईंले सोझै फुयाललाई ५ लाख नदिई अर्का व्यक्तिमार्फत दिएको अनुसन्धानबाट खुलेको छ । ती व्यक्तिको समेत पहिचान भइसकेको एआईजी थापाले बताए । ‘भारत बसेर धम्क्याउनका लागि बस्न खान र खर्च भन्दै प्रसाईंले ५ लाख पठाएको देखिन्छ । यता फुयाँलले ध'म्की दिन नाम लिएका विश्नोई भने अहिले भारतको सबैभन्दा ठूलो तिहाड जेलमा छन् ।

प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।