सिलीगड़ी  ।  एप्पलले भारतमा आइफोन बिक्रीमा कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एक समय एप्पल कम्पनीले भारतलाई आफ्नो ठूलो बजार मान्दैनथ्यो । तर आज अवस्था बदलिएको छ ।हालसम्म भारतमा आईफोनको ढुवानी सन् २०२४ मा १०.७ बिलियन डलर पार गरेको छ ।

OM Sai Pathibhara Hospital

इकोनोमिक टाइम्सका अनुसार बजार अनुसन्धानकर्ता आईडीसी इन्डियाको तथ्यांकले एप्पलले लगातार दोस्रो वर्ष भारतमा स्मार्टफोन बिक्रीमा सामसुङलाई धेरै पछि पारेको देखाउँछ ।भारतमा एप्पलको ढुवानीको वार्षिक वृद्धि २४ प्रतिशत छ ।

आईडीसीले जनवरी र सेप्टेम्बरको बीचमा सामसुङको स्मार्टफोन ढुवानी ५.२३ बिलियन अनुमान गरेको छ, जुन एप्पलको ७.९६ बिलियनभन्दा कम हो ।