काठमाण्डौ   ।   भारतीय  भारतीय सेनाको जनरलको मानर्थ पदवीले सम्मानित गर्ने कार्यक्रम रहेको छ, यो दुई देशबीच एउटा पुरानो परम्परा हो।

नेपालको रक्षा मन्त्रालयले प्रधान सेनापति जनरल सिग्देलको भारत भ्रमणको निमन्त्रणलाई औपचारिक  स्वीकृतिको निम्ति मन्त्री परिषदमामा पठाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि हुने   मन्त्री परिषद बैठकमा यस यात्रालाई औपचारिक स्वीकृति प्रदान गरिने छ।

OM Sai Pathibhara Hospital

 नेपाली सेना मुख्याका  सैन्य प्रवक्ताले भने, जनरल सिग्देलको दिल्ली भ्रमणलाई लिएर भारतीय सेनालाई जानकारी गराइएको छ। प्रधान सेनापतिलाई १२ दिसम्बरमा नयॉं दिल्लीको राष्ट्रपति भवनमा आयोजित हुने एक समारोहमा भारतीय थल सेनाध्यक्षको जनरल ऱ्याङ्कको मानर्थ पदवी प्रदान गरिने छ।लै     मा २० नोभेम्बरमा जनरल द्विवेदीले नेपालको भ्रमण गरेका थिए। सो क्रममा राष्ट्रिपति रामचन्द्र पौडेलले उनलाई राष्ट्रपति कार्यालयमा एक समारोहको आयोजना गरि नेपाल सेनाको जनरलको मानद ऱ्याङ्कले सम्मानित गरेको थियो। जनरल द्विवेदीले आफ्नो भ्रमणका क्रममा प्रमुख रक्षासम्बन्धी प्रमुख स्थानहरूको निरिक्षण भ्रमण गरेका थिए। सो क्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसॅंग पनि शिष्टाचार भेट गरे।

उनले जनरल सिग्देलसॅंग द्विपक्षीय सैन्य सम्बन्धबारे बैठक गरेका थिए। उनले पशुपतिनाथ मन्दिर र मुक्तिनाथ मन्दिरको पनि दर्शन गरेर पूजा अर्चना गरेका थिए।