काठमाडौं— राजधानी वितरणमा अवरोध भएपछि रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई विभाग परिसरको फोटो तथा भिडियो खिच्न निषेध गरिएको छ ।
राहदानी विभागले विभाग परिसरभित्र सञ्चारमाध्यमलाई फोटो/भिडियो खिच्न निषेध गरेको छ । पाँच दिनदेखि सेवा अवरुद्ध भएकोबारे समाचार संकलन गर्न गएका पत्रकारहरुलाई विभागले फोटो/भिडियो खिच्न निषेध गरेको हो ।
भवनको, कर्मचारीको र मुख्य गेटको फोटो/भिडियो खिच्न निषेध नगरेको तर कार्यालयमा आएका सेवाग्राही देखिने गरी दृष्य कैद गर्न दिइएको छैन ।
विभागले लगाएको प्रतिबन्धको कुनै जानकारी भने विभाग परिसरमा छैन ।
हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । विभागले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।