काठमाडौं– कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीमा ४५ वर्षीय रमेश बडायक र उनकी ४३ वर्षीय श्रीमती कमल बिछ्यौनामा मृत फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार आज बिहान दुवै जनाको शव फेला परेको हो। स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए। 

OM Sai Pathibhara Hospital

प्रहरीका अनुसार घटनास्थल शंकास्पद देखिएको छ, मृतकको शरीरमा धारिलो हतियारको डाम र रगत देखिएकाले अनुसन्धान सुरु गरिएको छ।